समाचारबिहीबार, साउन १३, २०७३

धनकुटामा बस दुर्घटना, पूर्व राज्यमन्त्री खेवासहित ७ जनाको मृत्यु

हिमालखबर

संखुभासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटाको सिदुवा बजार नजिक दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको निधन भएको छ ।

बा २ ख ७३६६ नम्बरको बस सिदुवाको हिलटप होटल नजिक दिउसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।
धनकुटाका एसपी विभूतिराज पाण्डेका अनुसार मृत्यु हुने अन्यमा ३ पुरुष र ३ महिला छन् । उनीहरुको सनाखत भइसकेको छैन ।

सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा रहेका बसका अन्य करिब ३० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...