Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धनकुटाः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो - Himalkhabar.com

समाचारबिहीबार, साउन १३, २०७३

धनकुटाः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

हिमालखबर

धनकुटाको सिधुवाबजार नजिकै आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

तस्वीर: संतोष रुचाल

तस्वीर: संतोष रुचाल

संखुवासभाको मुढेशनिश्चरेबाट धरानतर्फ जादै गरेको बा.२ ख.७३६६ नम्बरको डाँफेमुनाल बस मध्याह्ने १२ बजे धनकुटाको सिधुवाबजार नजिक दुर्घटना हुदाँ धनकुटा हात्तिखर्क–६ का पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा सहित १० जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका असई सुरेन्द्र खड्काका अनुसार ७ जनाको घटनास्थलमा र बाँकीको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको हो ।

बाक्लो हुस्सु र पानी परिरहेका बेला घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

बस सडकबाट करिब १०० मीटर तल खसेको छ ।

दुर्घटनामा परेवादिन–७ की तारा वस्नेत र उनका तीन वर्षीय छोरी रेस्मा बस्नेत, धरान उपमहानगरपालिका–२ का व्यापारी वेदप्रकाश अग्रवाल, परेवादिन–७ की अतिमाया तामाङ्ग, परेवादिन–५ की खिनमाया भट्टराई र मारेकटहरे–३ का वीरबहादुर काफ्लेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख असई खड्काले जानकारी दिए ।

अन्य तीन जना धनकुटा बुढिमोरङ–८ का बसचालक सनम तामाङ, लेगुवा–२ का तेजबहादुर थापा र तेह्रथुम फुलेक–६ की होमा पौडेलको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ ।

नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष समेत रहेका पूर्व अर्थराज्यमन्त्री खेवा मारेकटहरेस्थित पार्टीका जिल्ला सदस्य यम कार्कीको बुबा वितेकाले त्यहाँ पुगेर घर फर्कर्दै गर्दा दुर्घटनामा परेको नेकपा माओवादी केन्द्र धनकुटा सचिव ऋषिराम ढुङ्गगानाले बताए ।

४५ वर्षीय खेवाका दुई छोरी र श्रीमती छन् ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>