थप समाचारशुक्रबार, साउन १४, २०७३

पोखरीमा डुबेर ३ बालकको मृत्यु

हिमालखबर

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।

स्थानीय कल्भर्टमुनीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका लुम्बिनी सांस्कृतिक नगरपालिका भगवानपुरका अतिस बानियाँ, श्यामलाल कहार र बिक्की सिंहको मृत्यु भएको हो । तीनै जना दश वर्षका थिए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता रामेश्वर कार्कीका अनुसार बिहिबार बेलुका साढे सात बजे डुबेका उनीहरुलाई उपचारको लागि भैरहवा ल्याउदै गर्दा मृत्यु भएको हो।

वर्षाका कारण खाल्डोमा पानी भरिएको थियो ।
दीपक ज्ञवाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>