समाचारशुक्रबार, साउन १४, २०७३
दीपकरत्नको तस्वीर भयो ‘फोटो अफ द इयर’

फोटो अफ द इयर उपाधि जित्न सफल दीपकरत्न बज्राचार्यको तस्वीर
फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३’ को उपाधि दीपकरत्न बज्रचार्यले जितेका छन् ।
दीपकरत्न बज्राचार्यले खिचेको भूकम्प जाँदै गरेको दृश्यको तस्वीर यो वर्षको ‘फोटो अफ द इयर–०७३’ घोषित भएको हो ।

नभेष चित्रकारको यो तस्वीर ‘नेपाल स्माइल’ विधामा पहिलो भयो ।
यसैगरीको नभेष चित्रकारको फोटोले ‘ नेपाल स्माइल’ विधा जित्यो भने ‘डेली लाइफ’ विधामा नरेश श्रेष्ठले बाजी मारे ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु । रमेशकुमार पौडेलको यो तस्वीर नेचर एण्पड वाइल्डलाइफ विधामा पहिलो भएको छ ।

विनाशकारी भूकम्पले भत्किएको भग्नावशेषले थिचिएको व्यक्तिको नभेश चित्रकारले खिचेको यो तस्वीर समाचार विधामा पहिलो भएको छ ।
त्यस्तै नभेष चित्रकारले समाचार विधाको उपाधि जित्दा नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल तथा ‘घुमफिर २०७३ कल्चर एण्ड टुरिज्म’ मा दिनेश श्रेष्ठले बाजी मारे ।

रुकुमको तकसेरामा परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । सुरविन्द्रकुमार पुनको यो तस्वीर खेलकुद विधामा प्रथम भयो ।
त्यस्तै खेलकुद विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो ।

लोमान्थाङ्मा गोपेन राईले खिचेको यो तस्वीर दैनिक जीवन विधामा दोस्रो भएको छ ।
‘डेली लाइफ’ मा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । त्यस्तै समाचार बिधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए ।

ह्युम पाइपमाथि उफ्रिदै गरेकी नरेश श्रेष्ठको यो तस्वीर दैनिक जीवन विधामा पहिलो भयो ।
‘नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजम’मा सम्बर्दन बज्रचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो ।

काठमाडौं फनपार्कमा रमाइरहेकी राजेन्द्र केसीको यो तस्वीर डेली लाइफ विधामा दोस्रो उपाधि जित्न सफल भयो ।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेको निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो ।

प्रताप थापाको साँखुमा एक महिला नेपाली कागजको फ्रेम बोक्दै गरेको यो तस्वीर डेली लाइफ विधामा तेस्रो भएको छ ।
प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएका थिए ।

बाला चतुर्दशीमा ललितपुरको ब्रज बाराही मन्दिरमा बत्ती बाल्दै गरेका महिलाहरूको दिनेश श्रेष्ठले खिचेको यो तस्वीर संस्कृति र पर्यटन विधामा पहिलो भएको छ ।

लाटोकोसेरोको जोडीको विकास खड्गीले खिचेको यो तस्वीर नेचर एण्ड वाइल्डलाइफ विधामा तेस्रो भएको छ ।
निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।
फोटो अफ द इयरले रु १ लाख र प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् ।
फोटोहरु काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
