थप समाचारमंगलबार, मंसिर २६, २०६९

मोरक्को फिल्म महोत्सव, भारतीय कलाकारहरुको धुम्

हिमालखबर

तस्बीर: एपी

सर्वाधिक सनसनी मच्चाइन्, एशियाकै सबैभन्दा सेक्सी महिलाको उपाधि पाएकी प्रियंका चोपडाले । साडीमा सजिएर अफ्रिकी मुलुक मोरक्कोको माराकेच फेस्टिभलमा पुगेकी प्रियंकाले त्यहाँ सबैलाई मुग्ध पारिन् । प्रियंकाभन्दा पहिले त्यहाँ अमिताभ बच्चन र शाहरुख खान पनि पुगिसकेका थिए ।

फेस्टिभलमा बेलायती निर्देशक जोन बुर्मेनसँग प्रियंका । तस्बीर: एपी

फिल्म फेस्टिवलमा ‘किंग अफ रोमांस’ स्व. यश चोपडालाई विशेष श्रद्धाञ्जली दिइयो । आफ्नो फिल्म ‘जब तक है जान’को प्रीमियरका लागि पुगेका शाहरुख खान मोरक्कोको प्रतिष्ठित ‘मेडल आफ अनर’ ले सम्मानित भए । फिल्म फेस्टिभलबाट फर्किएर अमिताभ बच्चनले आफूले सम्मानित अनुभव गरेको फेसबुकमा लेखे ।

फेस्टिभलमा सम्मानित भएपछि शाहरुखान विदेशी कलाकारसँगै । तस्बीर: एजेन्सी

भारतीय फिल्मको इतिहास एक सय वर्ष पुग्दै गर्दा यसले विश्व फिल्म क्षेत्रमा प्रभाव पारिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...