रमझमबुधबार, मंसिर २७, २०६९

प्रसिद्ध सितारबादक रविशंकर रहेनन्

हिमालखबर

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय संगीतलाई विश्व स्तरमा परिचित गराएको श्रेय पाएका रविशंकर ‘भारत रत्न’, ‘पद्मभुषण’, ‘ग्रामी अवार्ड,’ ‘म्यागसेसे’ लगायत विश्वका विभिन्न सम्मान बाट विभूषित थिए ।

सन् १९६० मा बीटल्सका जार्ज ह्यारीसनसँगै सांगितिक प्रस्तुति दिएर उनले आफ्नो अद्भुत प्रतिभा देखाएका थिए । उनले सत्यजित रेको फिल्म अपू त्रयी र गुलजारको फिल्म मीरा लगायत हिन्दी फिल्ममा पनि संगीत दिएका थिए ।
स्वर्गीय पण्डित रविशंकर १९८६ देखि १९९२ सम्म भारतको राज्यसभाका सदस्य समेत थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>