अर्थ/बजारबिहीबार, मंसिर २८, २०६९

पच्चीस लाख नेपाली श्रम गर्न विदेशिए

हिमालखबर

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भ पारेर २८ मंसीरमा श्रम तथा रोजगार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव सोमलाल सुवेदीले गत कात्तिक मसान्तसम्ममा कामको खोजीमा विदेश जानेको सङख्या २५ लाख ९० हजार ९३ पुगेको जानकारी दिए ।

“श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र यो तथ्याङ्क हो,” स्वीकृति नलिई गएका र भारत जानेहरुको वास्तविक विवरण यकिन हुन नसकेको स्पष्ट गर्दै सचिव सुवेदीले भने । मुलुकको श्रम बजारमा हरेक वर्ष चार लाख २५ हजार जनशक्तिको प्रवेश हुने गरेको र दैनिक एक हजार चारसयदेखि एक हजार सातसय जना विदेशिने गरेका जानकारी दिँदै उनले सबैभन्दा धेरै कामदार खाडी राष्ट्रतर्फ जाने गरेको बताए ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा गएकाहरूबाट देशलाई रु तीन खर्ब ५९ अर्ब भन्दा बढी रेमिट्यान्स प्राप्त भएको र यसमा अनौपचारिकरूपमा प्राप्त हुने रेमिट्यान्स समावेश नभएको सुवेदीले प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>