Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भत्किंदै गायिकाका घरबार - Himalkhabar.com

रमझममंगलबार, पौष ३, २०६९

भत्किंदै गायिकाका घरबार

Rishiram Kattel

अन्जु पन्त र निशा सुनार

गायिका रेश्मा सुनुवार र सपना श्री

लोकप्रिय गायिका अन्जु पन्तले पतिसँग सम्बन्धविच्छेद गरेर एक्लै बसेको डेढ वर्ष बितिसकेको छ । गायक संगीतकार मनोजराज सेवासँग २०५८ मा प्रेमविवाह गरेकी अन्जु भन्छिन्, ‘सँगै बस्ने अवस्था नभएपछि छुट्टिएकी हुँ ।’

अन्जुमात्र होइन, सँगै जिउने सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका धेरै गायिकाहरु एकपछि अर्कोले त्यस्ता कसम तोडिरहेका छन् । त्यस्ता कतिपय गायिकाको जीवनकथा सुन्दा चलचित्रको कथा जस्तै कारुणिक लाग्छ । रेश्मा सुनुवार, सपना श्री, सत्य कला राई, इन्दिरा गोले, पूजा लामादेखि निशा सुनार, आशा लामा लगायतका गायिकाहरूको दाम्पत्य जीवनका पानाहरू रोमान्टिक गीतसंगीत जस्तो छैन ।

‘तिमीलाई हङकङ पुरयायो आइडी काडैले’ गीतबाट लोकप्रिय बनेकी गायिका सत्यकला राईले ६ वर्षअघि अदालतबाट पारपाचुके गरेकी थिइन् । लामो समयदेखि असझदारी बढेपछि गायिका सत्यकलाले लाहुरे पति रणदीप राईसँग सम्बन्धबिच्छेद गरेकी हुन् । सत्यकलाले नायक तथा चलचित्र निर्माता नवल खड्कासँग विवाह गरेकी छन् ।

उता, विराज लोप्चनसँग लामो समयदेखि सम्बन्धबिच्छेद गरेर बसेकी पूजा लामाले दोस्रो विवाह गरेको तीन वर्ष नाघिसकेको छ । डिजे शिशिरसँगको सेक्स भिडियो क्लिप्स सार्वजनिक भए लगत्तै गत कात्तिकमा भद्रकालीमा संचारकर्मीलाई साक्षी राखेर भएको पूजाको दोस्रो विवाह पनि एक महीनाभन्दा बढी टिकेन । दोस्रो विवाह हतारमा गरेर हतारमै सकिएको बताउँदै उनले भनिन् “बिहेपछि उसलाई अर्कै पाएँ, मिल्नै नसक्ने भएपछि एक महीनामै अलग्गियौं ।” पहिलो पतितर्फका १३ वर्षे छोराका साथ बस्दै आएकी छन्, उनी अहिले ।

२०४५ देखि सेलो गायनबाट सांगीतिक क्षेत्रमा सक्रिय गायिका इन्दिरा गोलेको दाम्पत्य जीवन पनि सुखद रहेन । ए होइ ज्यानै खायो उसको मायाले जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान बनाएकी इन्दिरा केही वर्षदेखि पति पूर्णबहादुर गुरुङबाट अलग भएकी छन् । इन्दिरा भन्छिन्, ‘संगीतबाट धेरैमाझ प्रिय बनें तर आफ्नो परिवारको प्रिय बन्न सकिनँ ।’

कुनै समयकी चर्चित गायिका सपना श्रीको दाम्पत्य सम्बन्ध लामो समय टिकेन । हाल अमेरिकामा बस्दै आएकी सपनाको दाम्पत्य जीवन पीडै पीडामा बित्यो । लाखांै श्रोताको माया पाएकी उनले आफ्नै श्रीमानबाट भने लामो समय माया पाउन सकिनन् । सपनामात्र होइन, मै ठूली भै छु रे आइदेउ घुम्टी ओढाइदेउ गीतबाट चर्चामा आएकी गायिका रेश्माको वैवाहिक सम्बन्ध छोटो अवधिमै विछोडमा बदलियो । पर्यटन व्यवसायी पवन गोयलसँग तीन वर्षअघि सम्बन्धविच्छेद गरेकी रेश्मा हाल एक छोराका साथ माइतीमा बस्दै आएकी छन् ।

नायिकाको पनि उस्तै
गायिकाको जस्तै पछिल्लो समय चलचित्रका नायिकाको पनि दाम्पत्य सम्बन्ध टुट्नेक्रम बढेको छ । चलचित्रका धेरैजसो नायिकाको दाम्पत्य जीवन वियोगान्त चलचित्रको कथा जस्तै भएको छ । रेखा थापा, गौरी मल्ल, पूजा चन्द, मौसमी मल्ल, सुस्मिता कार्कीदेखि प्रिया रिजाल, सौजन्य सुब्बा, सञ्चिता लुइँटेल, रञ्जना शर्मा, सिर्जना बस्नेत, सुस्मिता केसी, सीमा ढकाल जस्ता नायिकाहरूको दाम्पत्य जीवनका पानाहरू चलचित्रका पर्दामा देखे जस्तो सुखद छैन । अधिकांश नायिका पतिबाट अलग भएर एकल जीवन बिताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>