Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मुद्रास्फीति बढ्यो - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, मंसिर २९, २०६९

मुद्रास्फीति बढ्यो

हिमालखबर

बैंकले २९ मंसीरमा सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ८.५ प्रतिशत थियो । समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर ८.९ प्रतिशत रहेको छ । सोही अवधिमा गैर–खाद्य तथा सेवा समूहको सूचकाङ्कमा ११.७ प्रतिशतले वृद्धि भएको छ भने यी पदार्थमध्ये पेयपदार्थ समूहमा पर्ने वस्तुहरूमध्ये घीउ तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् २०.५ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत हुन नसकेकाले समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा भने ४.५ प्रतिशतले मात्र वृद्धि भई रु ७० अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । यो चार महिनासम्ममा नेपाल सरकारको राजस्व परिचालन ३०.२ प्रतिशतले वृद्धि भई रु ७८ अर्ब तीन करोड पुगेको छ ।

यसैगरी चालु आर्थिक वर्षको चारमहिनामा भएको कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको तुलनामा ३३.० प्रतिशतको उच्च दरले बढेको छ भने कुल वस्तु निर्यात ११.७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ४६ करोड पुगेको छ ।

यस अवधिमा समग्र शोधनान्तर स्थिति रू १४ करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत रू ४६ अर्ब ३१ करोड रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>