रमझमशुक्रबार, मंसिर २९, २०६९
अर्घाखाचीमा अन्तर्राष्ट्रिय रेस्लिङ
जिल्लामै पहिलो पटक भएको रेस्लिङ हेर्न ५ हजारभन्दा बढी दर्शकको भीड लागेको थियो । नेपाल पर्यटन खेलकुद मञ्चको आयोजनामा भएको प्रतियोगितामा पाँच जना विदेशी र पाँच जना नेपाली रेस्लर रिङमा उत्रिएको मञ्चका अध्यक्ष पृथ्वी थापाले बताए । सो भिडन्त नेपाली रेस्लर विसुरालले जितेका थिए । उनलार्ई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाइटल वेल्ट उपाधिका साथ नगद दुई लाख रुपैयाँ प्रदान गरियो ।
महिला रेस्लर भगवति खड्का (युनिका) अमेरिकाको शिकागोवाट आएकी द ग्रेट चेन्ने आल्मासँग भिडेकी थिइन् भने डव्लुडव्लुइका पूर्व खेलाडी द ग्रेटनेस टिम मेम्बर द ग्रेट मालाकी र जापानको जिरोवान रेस्लिङका खेलाडी युसुके उदेबीच भिडन्त भएको थियो । शुरुवातमा भक्तपुरका महेश कोजु र काठमाडौंका नर्सिङ नेपालीको भिडन्त भएको थियो ।
रेस्लिङको बीच बीचमा गायक जीवन शर्मा र हाँस्य कलाकार मनोज जगुरेलले आ–आफ्नो प्रस्तुति देखाएका थिए ।
–प्रेमनारायण आचार्य अर्घाखाची