रमझमशनिबार, मंसिर ३०, २०६९
‘मिडनाइट्स चिल्ड्रन’ भारतमा पनि प्रदर्शन हुने
भारतीय मूलकी क्यानाडेली फिल्मकार दीपा मेहताको निर्माण, निर्देशनमा तयार भएको ‘मिडनाइट्स चिल्ड्रन’ बिना कुनै काटछांट फ्रेब्रुअरी महिनामा रिलिज गर्न लागिएको हो । भारतको विभाजनसँगै शुरु हुने फिल्मको कथा भारत स्वतन्त्र भएको दिन १५ अगस्त १९४७ मा जन्मेका दुई बच्चाको माध्यमबाट अगाडि बढेको छ ।
राजनीतिक पृष्ठभूमी भएको यो फिल्म विभिन्न फिल्म फेस्टिभलहरुमा देखाइए पनि केही व्यक्तिहरु यसको विरोधमा छन् ।
फिल्ममा श्रेय सरन, सिद्धार्थ, अनुपम खेर, शबाना आजमी, सीमा विश्वास, राहुल बोस, सोहा अली खान र दर्शील सफारीको मुख्य भूमिका छ । फिल्ममा अभिनयका लागि व्यवसायिक ठूला कलाकारहरुलाई प्रस्ताव गरिए पनि उनीहरुले चर्को रकमको माग गरेपछि फिल्ममा खेलाउन नसकेको बीबीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>