थप समाचारआइतबार, पौष १, २०६९

पाकिस्तानी विमानस्थलमा आत्मघाती आक्रमणमा चारको मृत्यु

हिमालखबर

आक्रमणबाट चार नागरिकको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिमी भागमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थल जहाँ शनिबार राती आत्मघाती तथा रकेट आक्रमण भएको थियो ।

पेसावरमा रहेको विमानस्थल तथा पाकिस्तान वायुसेनाको विमानस्थलमा लामो समयसम्म गोली चलेको थियो भने हाल उक्त विमानस्थलहरूलाई अधिकारीहरूले बन्द गरिदिएका छन् । उक्त आक्रमण पाकिस्तानको तालिवानले गरेको भनी यस यस समूहले जिम्मेवारी लिएको छ । आत्मघाती आक्रमणपछि १ पुसमा पेसावर सहरमा नै प्रहरीले व्यापक अपरेसन सुरु गरेको छ ।

टेलिभिजनमा सिसा फोडिएका र क्षतिग्रस्त गाडी तथा बसहरू देखाइएको छ भने विमानस्थलको पर्खालको ठूलो भाग भत्केको देखिएको छ । खिबर पख्तुनख्वा प्रान्तका सूचनामन्त्री मियाँ इफ्तिखार हुसेनले उक्त आक्रमणमा चार आक्रमणकारी संलग्न रहेको बताए ।

उनले एक आक्रमणकारीले आफ्नो शरीरमा विस्फोटक पदार्थ राखी गाडी चलाएको र निजले गाडी विमानस्थललाई घेर्ने पर्खालमा ठोकाएको जानकारी दिए । अर्को आत्मघाती आक्रमणकारीले आफूलाई नै विस्फोट गराएको र त्यसका कारण अन्य तीन व्यक्तिको मृत्यु भएको उनले उल्लेख गरे । उनले आक्रमणकारीले रकेट प्रहार गरेको तर त्यो लक्ष्यमा नपुगेको उल्लेख गरे।

अन्य अधिकारीहरूले पाँच लडाकूको मृत्यु भएको उल्लेख गरे । विमानस्थल नजिकै अवस्थित खिबर शिक्षण अस्पतालका प्रवक्ता फरहद खानले चार व्यक्तिको मृत्यु भएको तथा ५० घाइते भएको जानकारी दिए । चिकित्सक अयुबले उक्त घटनाको पुष्टि गरे ।

तालिवानका प्रवक्ता एहसानुल्लाह एहसानले अज्ञातस्थानबाट टेलिफोनमा उसको समूहले विमानस्थलमा आक्रमण निरन्तर राख्ने जानकारी एएफपीलाई दिए । रासस/एफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>