थप समाचारआइतबार, पौष १, २०६९

मुगुमा गाडी पुग्यो

हिमालखबर

मोटर पुगेपछि जिल्लावासी सर्वसाधारणले चर्को महङ्गी, कठिनाइ, महंगो हवाई यात्रामा छुटकारा पाउने विश्वासमा छन् । पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले गमगढीमा सडकको ट्र्याक खोलेर मात्र सरकार जिम्मेवारबाट पन्छिन नमिल्ने बताए । समग्र कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने, मुगु जिल्लासँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत नाक्चे लाग्नासम्म नै नेपाली सेनामार्फत सडक निर्माण गरी जिल्लालाई उत्तर–दक्षिण सडक सञ्जालमा जोड्नुपर्ने सुझाव दिए ।

पूर्व जिविस सभापति मोहन बानियाँले मुगु जिल्लालाई मध्यविन्दु बनाई उत्तरी चीन र दक्षिण भारतबीचको व्यापारिक केन्द्र बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

कुल ९४ किमि लम्बाइ रहेको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक कालीकोट जिल्लाको नाग्मगाढबाट सुरु भई मुगु जिल्लाको सदरमुकाम गमगढीमा पुग्छ । २ चैत २०६४ मा शिलान्यास गरिएको यो खण्ड निर्माण गर्न चार वर्ष र रु. एक अर्ब ५८ करोड लागत लागेको थियो ।   सेनामार्फत रु ५४.२४ करोड खर्च भएको र नाग्मा–गमगढी ९४ किमिमध्ये ताल्चा–गमगढी सडकखण्ड लम्बाइ ९ किमि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमबाट रु. नौ करोड सम्पन्न मोटरबाटो खोल्ने काम सम्पन्न भएको सेनाको सडक निर्माण कार्यदल (नाग्म–गमगढी) काप्रमुख इन्जिनियर सञ्जय केसी र मुगुका इन्जिनियर शैलेन्द्र शाहले जानकारी दिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>