थप समाचारसोमबार, पौष २, २०६९

राप्रपा नेपालले आजबाट रथयात्रा गर्दै

हिमालखबर

जनकपुरमा हिंजोदेखि गरिएको बृहत यज्ञ समापनपछि २ पुस मध्यान्ह १२ बजेदेखि रथ यात्रा शुरु हुने राप्रपा नेपालले जनाएको छ । रथयात्रा लुम्बिनी, पोखराको बिन्ध्यबासिनी हुँदै पशुपतिनाथ मन्दिरमा आएर समापन गरिने पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए ।

१८ जिल्लालाई समेट्दै ११ दिनमा पुरा हुने रथयात्रामा प्रत्येक दिन कम्तिमा २ हजार जनाको सहभागिता रहने, यात्राका क्रममा विभिन्न धर्मका धर्मगुरु र अनुयायीहरु पनि सहभागी हुने राप्रपा नेपालले जनाएको छ । रथयात्राको कालिबाबाले उद्घाटन गर्ने कार्यक्रम छ ।

यात्राका क्रममा सबै जातिलाई मन्दिर प्रवेशमा समानता, भेदभावको अन्त्य, बालबालिका तथा लैंिगंक समानताको रक्षा जस्ता कुराहरुलाई पनि अगाडि बढाइने अध्यक्ष थापाले बताए । नेपाललाई राजनीतिक घोषणाले धर्मनिरपेक्ष बनाइएको भन्दै उनले त्यसलाई उल्टाएर हिन्दुधर्म सापेक्ष बनाउन राजनीतिक अभियान आवश्यक रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...