रमझमसोमबार, पौष २, २०६९
कलाकार राजन काफ्लेलाई अन्तराष्ट्रिय पुरस्कार
प्रतिस्थापन कलामा अवार्ड पाएका काफ्लेले पुरस्कार भने नेपालमै थापेका छन् । वाइनालेका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले उनलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे भने नेपालका लागि बंगलादेश राजदूताबासका अधिकारी फर्सादुल इस्लामले पदक प्रदान गरे ।
उक्त अवसरमा कुलपति तथा बरिष्ठ कलाकार किरण मानन्धरले नेपालीले यस्तो अवार्ड पाउनु गर्वको विषय भएको भन्दै पुरस्कारले नेपाली कला जगतको प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा बढाएको धारणा व्यक्त गरे ।
१ डिसेम्बरदेखि एक महिनासम्म चल्ने एसियन कला प्रदर्शनी हरेक २ वर्षमा आयोजना हुन्छ । प्रदर्शनीमा नेपाल , भारत, चीन, जापान, कोरिया, हङकङ, सिंगापुर, पाकिस्तान लगायतका ३५ मुलुकका कलाकारको कलाकृति समाबेश कलाकार शान्तकुमार राईले जानकारी दिए ।
तस्वीरहरुःऋषिराम कट्टेल/हिमालखबर

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले राजन काफ्लेलाई पुरस्कार, तथा सम्मानपत्र हस्तान्तरण गर्दै ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
