थप समाचारसोमबार, पौष २, २०६९

निर्वाचनपछि जापानमा शेयर बढ्यो

हिमालखबर

जापानी शेयर बजारको तथ्याङ्कअनुसार निक्की २२५ इन्डेक्स एक प्रतिशतले वृद्धि भएको छ भने जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा २० महिनामै सबैभन्दा कम ८४ दशमलव ४८ येनमा झरेको छ ।

जापानी शेयर बजारको तथ्याङ्कअनुसार निक्की २२५ इन्डेक्स एक प्रतिशतले वृद्धि भएको छ

सो निर्वाचनपछि प्रधानमन्त्री बन्ने लगभग पक्का भएका सो दलका नेता सिन्जो अबेले आफ्नो चुनावी नारा नै जापानको अर्थतन्त्रलाई पूर्वकै अवस्थामा फर्काउने दिएका थिए ।

उनकै दलको विजयपछि नै लगत्तै यसको असर जापानी शेयर बजारमा परेको समाचारमा आज जापानको राजधानी टोकियोबाट विभिन्न सञ्चारमाध्यमले दिएका छन् ।

जापानी शेयर बजारको तथ्याङ्कअनुसार निक्की २२५ इन्डेक्स एक प्रतिशतले वृद्धि भएको छ भने जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा २० महिनामै सबैभन्दा कम ८४ दशमलव ४८ येनमा झरेको छ ।

निर्वाचनमा विजय हासिल गरेको दलका नेता तथा जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका अबेले वर्षौँदेखि सुस्त विकाससँग सङ्घर्ष गरिरहेको विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनरजीवन दिनका लागि सहयोग गर्न आपूmले कदमहरूले चाल्ने बताएका थिए । उनले येनलाई कमजोर बनाउने कदम चाल्ने र मुद्रा अपस्फीतिसँग लड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को ठूलो विजयले बजारको अपेक्षाहरूसँग मेल खाएको छ र यसले कम्तीमा पनि अहिलेका लागि येनलाई कमजोर राख्न र सेयर मूल्यलाई बढाउन सहयोग गर्नेछ विश्लेषकहरुको भनाइ छ ।

जापानको अर्थतन्त्र कयौं कारणहरूले विगतका केही वर्षमा प्रभावित भएको छ । मजुबत येनले विदेशी खरिदकर्ताहरूका लागि जापानी सामानहरूलाई थप महँगो बनाउँछ र साथै मुलुकका निर्यातकहरूका लागि मुनाफामा नराम्रो असर पार्दछ ।

जापानी मुद्राको बलियोपनले केही जापानी निर्माताहरू आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई कायम राख्ने प्रयासस्वरूप आफ्ना कारखानाहरूलाई मुलुकबाहिर लानसक्ने चिन्तालाई बल प्रदान गरेको छ ।

यस्तो कदमले मुलुकको अर्थतन्त्रलाई थप चिन्तित बनाउने छ । जापानले कयौं वर्षदेखि अर्थात घट्दो मूल्यसँग पनि सङ्घर्ष गरिरहेको छ ।

पछि अझ राम्रो अवसर आउने अपेक्षामा उपभोक्ताले तिनीहरूको खरिद कार्यलाई स्थगित गर्ने प्रवृत्ति बढेकाले यसबाट घरेलु मागमा असर पुगेको छ।

गतवर्ष जापानमा आएको भूकम्प र त्यसपछिको सुनामीको प्रलयका कारण त्यहाँ आर्थिक मन्दीको अवस्थाका लागि थप बल मिलेको बताइएको छ।

सोही घटनापछि जापान विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट विश्वकै सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्रमा झर्न पुगेको थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>