थप समाचारमंगलबार, पौष ३, २०६९
दक्षिण एसियाली क्षेत्रीय गरिबी सम्मेलन शुरु
गरिबीको रेखामुनि रहेका जनतालाई कसरी माथि उकास्ने भन्ने शीर्षकमा केन्द्रीत रही आजदेखि काठमाडौंमा क्षेत्रीय सम्मेलन हुन लागेको हो । बिहान लाजिमपाटमा शुरु भएको सम्मेलनमा नेपाललगायत भारत, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स, भुटान, अफगानिस्तान, बङ्गलादेश लगायत देशका दक्षिण एसियाली क्षेत्रका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत विज्ञहरुको सहभागिता छ ।
साउथ एसिया एलाइन्स फर पोभर्टी इराडिकेसनको संयोजनमा आयोजना हुने सम्मेलनमा गरिबीको कारक र माथि उठाउने उपायका बारेमा सहभागी देशहरुले हालसम्म गरेका प्रयासका बारेमा र्कायपत्र प्रस्तुत हुनेछ ।
सम्मेलनमा सहभागी देशहरुले जनतालाई गरिबीबाट माथि उकास्न प्राथमिकता दिएका कृषि, र्पयटन, जलस्रोतका क्षेत्रमा समीक्षा हुनेछ ।