Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मोस्ट वाण्टेड’ पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, पौष ३, २०६९

‘मोस्ट वाण्टेड’ पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालयमा अभियुक्त सूर्यनारायणलाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर: श्रवणकुमार देव

चारवटा अपहरण, दुई डकैति र एक हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्त सप्तरीको बसबिट्टी–८ का सुरजा भनिने २७ वर्षीय सूर्यनारायण मण्डललाई ३ पुसमा नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द अधिकारीले जानकारी दिए ।

मण्डललाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डिएसपी अधिकारीले मण्डलले दुई वर्षअघि राजविराजका १६ बर्षीय सुशान्त सिंहको अपहरण गरी रु डेढ् लाख फिरौति लिएको, कल्याणपुर ६ का भिखन चौधरीको अपहरण गरेको, २० असोज २०६९ मा बसबिट्टी ६ का राजकुमार राम र २ मंसीर २०६९ मा बसबिट्टीकै रमेशकुमार दासलाई अपहरण गरेको अभियोग लागेको छ ।

यस्तै, मण्डल सहितकाले रायपुर गाविस योगेन्द्र प्रसाद यादवको घरमा २६, जेठ २०६९ मा डाँका गरी रु १ लाख ६० हजार र २७, असार २०६७ मा डिमन ६ निवासी तत्कालिन सभासद् रमणी देवी रामको घरमा डाँका गरी रु २ लाख ६४ हजार बराबरको धनमाल लुटपाट गरेको डिएसपी अधिकारीले बताए ।

सप्तरी प्रहरीले यसअघि २७, मंसिरमा सात जनाको हत्या, ४ जनाको अपहरणसहित बिभिन्न १४ वटा घटनाका अभियुक्त सप्तरीकै कमलेश यादवलाई नियन्त्रणमा लिएको थियो । श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>