Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेलायती महारानी पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा - Himalkhabar.com

थप समाचारमंगलबार, पौष ३, २०६९

बेलायती महारानी पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा

हिमालखबर

‘टेन डाउनिङ स्ट्रिट’ स्थित प्रधानमन्त्री कार्यालयमा महारानी एलिजावेथ

बेलायतको सार्वभौमसत्ताका प्रतिक ८६ वर्षीया महारानी प्रधानमन्त्री डेभिड क्यामरुनको लन्डनको मध्यभागमा अवस्थित ‘टेन डाउनिङ स्ट्रिट’ स्थित कार्यालयमा प्रवेश गरेकी थिर्यन् । त्यहाँ सरकारका वरिष्ठ मन्त्रीहरूको उपस्थिति थियो ।

महारानी आफ्नो शासनको ६० औँ वर्षको अवसरमा मन्त्रिपरिषद्को उपहार स्वीकार गर्न त्यहाँ पगेकी थिइन् र उनी मन्त्रिपरिषद्को बैठकमा पर्यवेक्षकको रूपमा उपस्थित भएको बकिङघम प्रासादले जानकारी दिएको छ ।

ऐतिहासिक रूपमा राजसंस्थाले मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने चलन रहेको थियो र वर्तमान महारानीका जिजुहजुरआमा महारानी भिक्टोरियाले अन्तिम रूपमा यस्तो बैठकमा भाग लिनुभएको थियो । सन् १९०१ मा उनको देहावसान भएको थियो ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया डेढ घन्टाका लागि बस्ने गर्छ र महारानी उक्त बैठकमा ३० मिनेटसम्म उपस्थित रही विदेशमन्त्री विलियम हेगसँगै विदेशमन्त्रालयको भ्रमणमा जाने कार्यक्रम रहेको थियो । विदेशमन्त्रालय डाउनिङ स्ट्रिटको अर्को भागमा रहेको छ ।

मन्त्रिपरिषद्को बैठकमा महारानी प्रधानमन्त्री क्यामरुन दायाँतर्फ तथा विदेशमन्त्री हेग बायाँतर्फ रही उहाँहरूको बीचमा बस्ने व्यवस्था गरिएको थियो ।

बेलायतको मन्त्रिपरिषदका लागि तत्कालिन प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले हरियो डुङ्गा आकारको टेबुलको व्यवस्था गरेका थिए । उनी सन् १९५७ देखि १९६३ सम्म बेलायतका प्रधानमन्त्री रहेका थिए ।

जुलाइ महिनामा पनि महारानी एलिजावेथ डाउनिङ स्ट्रिटमा आएकी थिईन् र उक्त समयमा प्रधानमन्त्री क्यामरुनले भोजको आयोजना गरेका थिए । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री गोर्डोन ब्राउन, टोनी ब्लेयर तथा जोन मेजरको पनि उपस्थिति थियो ।

महारानी एलिजावेथको शासनकालमा १२ जना प्रधानमन्त्री बनेका छन् । पहिलो प्रधानमन्त्री विन्स्टन चर्चिल थिए । उनले हालसम्म मन्त्रिपरिषद्को बैठकमा भाग लिएका छैनन् र बेलायतको कानुनमा महारानीले यस्तो बैठकमा भाग नलिने व्यवस्था पनि छैन ।

बेलायतमा महारानी एलिजावेथ राष्ट्रप्रमुख भएपनि उनी राजनीतिक रूपमा तटस्थ छिन् । उनले प्रधानमन्त्रीलाई साप्ताहिक रूपमा भेट्छिन् र उनलाई यस भेटमा सरकारी विषयमा आफ्नो धारणा राख्ने अधिकार छ । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>