थप समाचारबुधबार, पौष ४, २०६९

हाटा गर्नेलाई अब फसाद

हिमालखबर

सरकारले आगामी १५ दिनभित्र सबै मन्त्रालय र विभागहरूमा विद्युतीय हाजिरीयन्त्र जडान गर्ने भएपछि ‘हाटा’ रोकिने भएको हो । कर्मचारीहरू तोकिएको समयभित्र कार्यालय नआउने र तोकिएको समयसम्म नबस्ने प्रवृत्ति हावी भएको भन्दै सो प्रविधि जडान गर्न लागिएको हो । पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सो प्रविधि जडान गरिनेछ भने त्यसलगत्तै अन्य मन्त्रालय तथा विभागहरूमा पनि जडान गरिने मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए।

बास्कोटाले भने, ”प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रारम्भिकरूपमा जडान भइसकेको छ, बाँकी अरू स्थानमा समेत केही दिनमा नै जडान भइसक्छ ।” विद्युतीय हाजिरीयन्त्रका लागि सम्बन्धित मन्त्रालय तथा विभागले नै आन्तरिक स्रोतबाट रकम खर्च गर्ने गरी निर्देशन दिइएको छ । सामान्यतया एउटा विद्युतीय हाजिरीयन्त्रका लागि रु एक लाखदेखि डेढलाखसम्म पर्ने बताइएको छ ।

यसैगरी कर्मचारी र आगन्तुकका गतिविधि अनुगमन गर्न सरकारले सिंहदरबारभित्र सिसिटिभीसमेत जडान गर्ने योजना अगाडि सारेको छ । सिंहदरबारको वरिपरि सुरक्षात्मक प्रयोजनका लागि सिसिटिभी जडान गरिए पनि सिंहदरबारभित्र सबै स्थानमा सो क्यामेरा जडान गरिएको छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>