थप समाचारबुधबार, पौष ४, २०६९

ध्रुबे मार्न माग गर्दै चितवन बन्द

हिमालखबर

हात्तिले दिनदिनै विध्वंस मच्याउदा समेत प्रशासन मौन देखिएको र हत्ती मार्ने काममा क्रियासिलता नदेखाएको भन्दै माडीबासी अझै आक्रोसित बनेका छन् । चितवनमा क्रियाशिल राजनीतिक दलहरुको ३ पुसमा बसेको बैठकले ४ पुस बिहान १० बजेसम्ममा हात्ती नमारे बिहान ११ बजेपछि चितवन बन्द गर्ने निर्णय गरेका थिए ।

आज दिनभरमा पनि उक्त हात्तीलाई नमारे अझै कडा सर्घषमा उत्रिने एनेकपा माओवदीका सहईन्चार्ज ठाकुर ढकालले बताए । तर प्रशासनले भने हिजो बेलुका चितवन राष्ट्रिय निकुञ्जको पश्चिमि क्षेत्रमा ध्रुबे देखा परेको र त्यसलाई मार्न १० ओटा पोथी हात्ती परिचालन गरिएको बताएको छ । पोथी हात्ती देखेपछि ध्रुबे आकर्षित हुने र त्यही समयमा मार्ने योजना बनाइएको भएपनि ध्रुबे भने नआएको प्रमुख सरक्षण अधिकृत झमक बहादुर कार्कीले जानाकारी दिए ।

हिंस्रक धु्रबे चितवन राष्ट्रिय निकुञ्जको पश्चिमि क्षेत्र टाईगटप्स र सुकिभार क्षेत्रमा भएको अनुमान गरिएको छ । यसअघि ३० मंसीरमा ध्रुबे हात्तीले गर्दी ९ दौपतिनगरका बुदिराम बोट र जरोया बोटको ज्यान लिएको थियो । क्षतिपुर्ति सहितका माग पुरा नभएसम्म शव नउठाउने अडानमा रहेका स्र्थानियले अझैसम्म शवलाई सडकमा नै राखेर आन्दोलन जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>