Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेतागिरी बढी नेतृत्व कम भइरहेको छ: गान्धी - Himalkhabar.com

थप समाचारबुधबार, पौष ४, २०६९

नेतागिरी बढी नेतृत्व कम भइरहेको छ: गान्धी

हिमालखबर

गोपालकृष्ण गान्धी । तस्बीरः मिन बज्राचार्य

हिमाल एसोसिएसन र अलायन्स फर सोसल डायलगको नियमित प्रवचन कार्यक्रम अन्तर्गत ३ पुसमा प्रवचन दिंदै गान्धीले नेतागिरी र नेतृत्वबीचको फरक अर्थ्याउँदै नेतागिरी जहिले पनि बढी प्रचारबाजीमा रमाउने प्रवृत्ति भएको बताए । उनले भने,“हामी कहाँ नेतागिरी बढी भएको छ तर, नेतृत्व कम छ ।’

‘दक्षिण एसियामा नेतृत्व’ विषयमा प्रवचन दिंदै महात्मा गान्धीका नाति गान्धीले राजनीतिमा मात्रै नेतृत्व चाहिन्छ भन्ने बुझाई गलत भएको भन्दै थपे, “गैर राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्षम नेतृत्वको खाँचो छ ।”

उनले दक्षिण एसियामा पहिलेको नेतृत्व र अहिलेको नेतागीरीका विषयमा बोल्दै महात्मा गान्धी, अम्बेडकर जस्ता त्यसबेलाका नेतृत्वको अहिले पनि विश्वमै प्रशंसा हुने गरेको तर अहिले कुशल नेतृत्वको अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

लेखक, नेता, साहित्यकार, बुद्धिजिवी, सञ्चारकर्मीलगायत सहभागी कार्यक्रममा उनले नेतृत्व कसले र किन गर्ने भन्ने चाहिं परिस्थितिको आवश्यकताले सृजना हुने प्रष्ट पारेका थिए ।

सन् २००९ देखि २००४ सम्म पश्चिम बंगालका गभर्नर रहेका गान्धीले श्रीलंकाका लागि उच्च आयुक्तलगायतका पदमा काम गरिसकेका छन् । उनी अहिले कलक्षेत्र फाउण्डेशन था इण्डियन इन्स्टिच्युट अफ एड्भान्स स्टडिजका अध्यक्ष छन् । साहित्यलेखनमा पनि दक्ष उनका कैयन कृति प्रकाशित छन्. ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>