थप समाचारबुधबार, पौष ४, २०६९

सौतामाथि एसिड

हिमालखबर

ईलाका प्रहरी कार्यालय कावासोतीका अनुसार चितवन भरतपुर– ४ की जानुका शर्माले आफ्नी सौता रचना देवकोटालाई सल्फ्यूरीक एसिड छर्केर घाईते बनाएकी हुन् । कान्छी श्रीमती ल्याएर १२ मंसीरदेखि शिबमन्दिरमा डेरा गरी बसेका आफ्ना पति कृष्ण शर्मा र रचना देवकोटा भएको ठाउँमा गई रचनालाई जानुकाले एसिड छर्केको कावासोतीका प्रहरी निरीक्षक उमेश लम्सालले बताए ।

एसिडले अनुहार पूरै डढेकी रचनालाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती ल्याइएको छिमेकीहरुले बताएका छन् । यसअघि कृष्णले रचनालाई बिराटनगरमा लगेर राखेको उनका आफन्तले जनाएका छन् । दुई छोरा छोरीका बाबु शर्माले रचनालाई लिएर हिडेपछि जेठी श्रीमती जानुकासँग सम्बन्ध विग्रेको थियो ।

श्रीमान् अर्कै केटी लिएर हिड्दाको पीडामा उनले यस्तो घटना घटाएको हुन सक्ने प्रहरीको अनुमान छ । एसिडबाट घाईते भएकी रचनालाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको कालीगण्डकी अस्पतालले जनाएको छ । ईलाका प्रहरी कार्यालय कावासोतीले जानुका शर्मा र कृष्ण शर्मालाई नियन्त्रणमा लिएको छ । पीडित पक्षका तर्फबाट उजुरी नआएकाले कारबाही अगाडि बढाउने बिषयमा ठोस निर्णय हुन नसेकेको प्रहरी नायव उपरिक्षक नान्तिराज गुरुङ्गले बताए । स्थायी घर बर्दीया गुलरिया–७ भएका कृण्ण र जानुकाका प्रेम विवाह भएपछि भरतपुरमा ब्यबसाय गर्दै आएका थिए । विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...