Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुरानो निष्कर्षको मारमा दाहाल - Himalkhabar.com

टिप्पणीबिहीबार, पौष ५, २०६९

पुरानो निष्कर्षको मारमा दाहाल

सुवास देवकोटा

पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएको केही समयपछि माओवादीले दुईवटा निष्कर्ष निकालेको थियो, एक प्रधानमन्त्रीले राजीनामा दिनु गल्ती भयो, दुई अब सरकारको नेतृत्व पाइयो भने कुनै हालतमा राजीनामा दिनुहुँदैन । अहिले कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले कुनै हालतमा पद नछाड्ने अड्डी लिइरहनुमा कुनै न कुनै रुपमा तिनै निष्कर्षको भूमिका रहेको देखिन्छ । चार वर्षअघि पार्टीले निकालेको निष्कर्षका कारण अहिले एमाओवादी अध्यक्ष दाहाल निरीह देखिएका छन् भने एमाओवादी गम्भीर विवादमा फसेको छ ।

प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष भट्टराईले ४ पुसमा बसेको बैठक बहिष्कार गरेका छन् । सरकारको समेत नेतृत्व गरिरहेका पार्टीका शीर्षमध्येका एक नेताले पार्टीको बैठक बहिष्कार गर्नु आफैंमा गम्भीर घटना हो । यो पटक त्यस्तो दुर्घटना नहोला, तर यसअघि यस्तै घटनाबाट अन्य पार्टीले विभाजनको पीडा बेहोरिसकेका छन् । बैठक बहिष्कार यस्तो समयमा भएको छ, जतिबेला दाहाल र भट्टराईबीच सर्वदलीय सरकार निर्माणका लागि सरकारले मार्गप्रशस्त गर्ने कि नगर्ने भन्नेमा विवाद भएको थियो र भट्टराईकै असहमतिका कारण दलहरूबीचको सहमति अलपत्र परेको थियो । दाहालले त्यो विवादलाई संस्थागत रुपमा समाधान गर्न ४ पुसको केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । आफूलाई प्रधानमन्त्री बनाउने निर्णय केन्द्रीय समितिले गरेकाले त्यसलाई उल्ट्याउन पनि केन्द्रीय समिति नै आयोजना हुनुपर्नेमा कार्यालय बैठक बोलाइएकाले बहिष्कार गरेको कमजोर तर्क छ, भट्टराईको । उनको धारणा त्यही हो भने उनले बैठकमै त्यो राख्न सक्थे, बहिष्कार गर्नुपर्ने थिएन । भट्टराईको यो व्यवहारले उनी पार्टीले निर्णय गरे पनि पद छाड्न तयार छैनन् भन्ने सन्देश दिएको छ । यो सन्देशले एमाओवादीमा लोकतान्त्रिक धारको नेतृत्वकर्ता मानिएको उनको छविलाई धुमिल बनाउने छ नै ।

भट्टराई र मधेशी मोर्चाका केही नेताहरुको अर्काे तर्क छ, भट्टराई सरकारमा प्रतिपक्षी नआउने भए भट्टराईले चाहिँ प्रतिपक्षीलाई किन सरकार सुम्पनुपर्ने ? तर यो तर्कमा पनि दम देखिन्न । किनभने, संविधानसभा विघटन गर्ने निर्णय गर्नुअघिसम्म भट्टराई सरकारमा नेपाली कांग्रेस र एमालेका प्रतिनिधि सहभागि नै थिए । १४ जेठ बेलुका संविधानसभा विघटन गर्र्ने निर्णयमा भट्टराई पुगेपछि मात्र उनीहरुले सरकार त्यागेका हुन् । राष्ट्रिय सहमतिको सरकार निर्माणबारे पार्टी नेतृत्वको निर्णयविपरीत भट्टराईले मधेशी मोर्चाका केही नेतासँग गठवन्धन बनाउने प्रयत्न गर्नुले उनको तर्क भन्दा सत्ता कुनै हालतमा नछाड्ने चाहनालाई नै उजागर गर्छ ।

भट्टराईले सरकार छाड्न नमान्दा दाहालले यो सम्झेका छैनन् होला, कुनै बेला आफैले निकालेको फेरि मौका पाए सरकारको नेतृत्व नछाड्ने निष्कर्षले आफू र पार्टीलाई समस्या पा¥यो, भन्ने । भलै, त्यसबेला तत्कालीन प्रधानसेनापति रुक्माङ्द कटवाललाई हटाएर सम्पूर्ण रुपमा सत्ता कब्जा गर्ने योजना असफल भएको झोंकमा त्यो निष्कर्ष निकालिएको थियो । यसैगरी, ‘जनविद्रोह’मार्फत सत्ता कब्जा गर्ने मान्यता राख्ने पंक्ति अर्थात् वैद्य पक्ष त्यस बेला दाहालसँगै थियो । अन्तर्यमा जे भए पनि त्यो एकाधिकारवादी निष्कर्ष नै थियो । जसले विधिको शासनलाई अस्वीकार गर्दथ्यो । अहिलेको सत्य के हो भने, त्यो निष्कर्षले अहिले सबैभन्दा बढी दाहाललाई नै मार पारेको छ । जो, चालू विवादलाई पार्टीको वैधानिक ठाउँबाट समाधान गर्न चाहन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>