थप समाचारबिहीबार, पौष ५, २०६९

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति

हिमालखबर

महिला राष्ट्रपति पार्क गेयुन हाय

चिसो मौसमबीच पनि ७५ प्रतिशत मतदाताले यस निर्वाचनमा मतदान गरेको बताइएको छ । सन् २००७ को राष्ट्रपति पदको निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो । उनको निर्वाचनले दक्षिण कोरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति प्राप्त हुनेभएको छ । अविवाहित पार्कका पिता पार्क चुङ हीले आफ्नो १८ वर्षको शासनकालमा मुलुकलाई गरिबीबाट मुक्त गरेको बताइन्छ भने उहाँले सैनिक शासनका समयमा विरोधीलाई दमन गरेको आरोप लगाइन्छ ।

उनकी आमालाई उत्तर कोरिया समर्थक बन्दुकधारीले गोली हानी हत्या गरेका थिए भने पितालाई उनका गुप्तचर प्रमुखले सन् १९७९ मा गोली प्रहार गरी मारेका थिए । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>