थप समाचारशुक्रबार, पौष ६, २०६९
प्रलयको हल्लाले के के मात्रै गरेन
मोरङ्को पुरानो सदरमुकाम रंगेलीको जनता मावि र आसपासका केही विद्यालयहरु बन्द गरिएका हुन् । प्रलयको हल्लाले विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले एक दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयहरुले जनाएका छन् । तर, विद्यालय नै बन्द गर्नुले झन बढी नकारात्मक असर पुगेको एकजना अभिभावक बताउँछन् ।
यस्तै सीटीईभीटीद्वारा मोरङको सिसवनी जहदामा संचालित प्राविधिक तालिम केन्द्रमा पनि प्रलयको हल्ला भएकाले सांगीतिक कार्यक्रम राखिएको छ । प्रलयको हल्ला फैलिएपछि विराटनगरका केही यातायातकर्मीहरु परिवारसहित बनभोजमा हिंडेका छन् । केही भई हाल्यो भने परिवारस“गै रमाइलो गरेर दुर्घटनाको सामना गर्न जंगलमा वनभोज कार्यक्रम राखिएको यातायात मजदुर नेता राजु धमलाले बताए । कमल आरएल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>