थप समाचारशुक्रबार, पौष ६, २०६९
वायुको गुणस्तरसम्बन्धी मापदण्ड बनाइयो
मीना शर्मा
वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले नेपाल जस्ता ४८ वटा पर्वतीय मुलुकहरुमा जलवायु परिवर्तनले पारेको प्रभाव अन्तराष्ट्रिय स्तरमा उजागर गर्ने र त्यसलाई कम गर्नको लागी कार्बन उत्सर्जन न्यूनिकरणमा केन्द्रित हुने बताएका छन् ।
मन्त्रालयले ध्वनीको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, सिमेण्ट र क्रसर उद्योगबाट निष्काशित हुने धुलोसम्बन्धी मापदण्ड, डिजेल जेनेरेटरबाट निष्काशन हुने धुवाँसम्वन्धी मापदण्ड, चिम्नीको उचाईसम्बन्धी मापदण्ड र नेपाल सवारी प्रदुषण मापदण्ड २०६९ जारी गरेको छ । त्यस्तै औद्योगिक तथा आवासीय क्षेत्रमा पनि ध्वनीको मापदण्ड तय गरिएको र अनुगमन शुरु गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समयमा जलवायु परिवर्तनले पारेको असरलाई ध्यान नदिंदा ठूलै समस्या निम्तिन सक्ने भन्दै प्रदुषण सम्बन्धी क्रियाकलापलाई कम गर्नको लागि मापदण्डलाई कडाईका साथ कार्यान्वयन गराइने सचिव ज्ञवालीको भनाई छ ।