थप समाचारशुक्रबार, पौष ६, २०६९
बस पल्टँदा १४ घाइते सातको अवस्था गम्भीर
पूर्व पश्चिम राजमार्गको चुहा ६ गुलरामा बिहान साढे ८ बजेतिर से १ ख ५२८ नम्बरको यात्रुवाहक बस सडकदेखि तल खसेको हो । दुर्घटनामा परेका घाइते १३ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । गाडीले ‘ओभरटेक ’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सवारी चालक विजय परियार, गाडी साहु जितेन्द्र चौधरी, टिकापुरका ओमप्रकास मगर, दुर्गौली ९ का रामबहादुर विक, दरख ४ का श्रवण चौधरी, जोशीपुर २ का सुनिल चौधरी र टीकापुर ३ का पारस शाहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>