अर्थ/बजारशुक्रबार, पौष ६, २०६९
बेपत्ता तथा मृतकको राहत रकम जलविद्युत आयोजनामा लगाइने
मृतक तथा बेपत्ता पारिएका व्यक्तिको हकदारको शेयर लगानी सुनिश्चित हुने गरी सरकारले जलविद्युत् आयोजना बनाउने तयारी गरेको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सह–सचिव चण्डीप्रसाद दाहाल संयोजक रहेको कार्यदलले कार्यविधि बनाईरहेको छ । दाहालले परिवारका हकदारको शेयर लगानी सुनिश्चित रहने गरी कार्यविधि तयार पारिने जानकारी दिए ।
सरकारले सशस्त्र द्वन्द्वका क्रममा मारिएका तथा बेपत्ता पारिएकाका परिवारले पाउने राहत रकमको ५० प्रतिशत शेयर लगानी रहने गरी जलविद्युत् आयोजना बनाउन लागेको हो । परिवारका हकदारले पाउन बाँकी राहत रकमको ५० प्रतिशत जलविद्युत् आयोजनामा शेयर लगानी सुनिश्चित गरिने मन्त्रालयका सहायक प्रवक्ता प्रेमप्रसाद संजेलले जानकारी दिए ।
सरकारले अहिलेसम्म मारिएका तथा बेपत्ता परिवारलाई तीन लाख रुपैंयाको दरले राहत रकम वितरण गरेको छ । मन्त्रालयका एक अधिकारीले वितरण गर्न बाँकी रकमको ५० प्रतिशत रकम शेयर लगानीको रुपमा रहने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
