रमझमशनिबार, पौष ७, २०६९
माग्ने बुढो र तक्मे बुढो अब जोडी
सीताराम कट्टेल धुर्मुससग झण्डै ८ वर्ष जोडी बनेर काम गरेका केदार सीतारामसँग जोडी टुटेको एक वर्षपछि तक्मेबुढोको रुपमा चिनीएका कलाकार विल्सन विक्रम राईसग जोडी बाधेका छन् ।
सीतरामसँगको जोडी सम्बन्ध टुटेपछि उनी केही महिना स्टेजका कार्यक्रममा देखिएका थिएनन् । त्यसपछि सुरज चापागाई (बान्द्रे), सुनिता गौतम (मैया), र राजु पौडेल, (राजु मास्टर) सँग केही महिना स्टेजमा देखिएका थिए । उनीहरु १४ मंसिरमा पहिलोपटक प्युठानको धरमपानीमा भएको साँस्कृतिक कार्यक्रममा पहिलोपटक एकसाथ स्टेजमा देखिएका थिए । “अब हामी सिरीयलसँगै स्टेजका कार्यक्रममा जोडीको रुपमा देखिनेछौ” केदारले हिमालखबरसँग भने “अब हाम्रो सहयात्राले नेपाली हाँस्य क्षेत्रमा निरन्तर रहीरहनेछ ।”
यता विल्सन विक्रम आफुलाई यस क्षेत्रमा तक्मे बुढोको रुपमा चिनाउने केदारसग जोडीको रुपमा काम गर्न पाउदा आफु निकै गौरव महशुस भएको बताए । उनले हिमालखबरसँग भने, “मलाई यो क्षेत्रमा स्थापित गराउने मेरो गडफादर केदार घिमीरेसँगको जोडी जम्ने कुरामा ढुक्क छ ।” यो जोडी बाधिएसगै यी दुई हङकङ र मकाउका लागि कार्यक्रको तय भैसकेको छ भने नेपालका विभिन्न जिल्लामा कार्यक्रम गर्दैछन् । चाडै बेलायत बस्ने नेपालीलाई पनि हसाउँन यो जोडी बेलायत जादैछ ।
एक वर्ष यता निकै लोकप्रिय बनेका विल्सनबिक्रम केदार र आफ्नो जोडी हाँस्य क्षेत्रमा लोकप्रियता चुम्ने कुरामा ढुक्क छन् । देश चलाउने नेताहरु कोही किरात राज्यत नेवा राज्य भन्दै जातीय सद्भावमा खलल पुरयाउने काममा लागेको बेला आफ्नो सहयात्रा उदहरणीय हुने तक्मे बताउछन् । भन्छन् “ राईको छोरो र बाहुनको छोरो जोडी बनेर काम गर्न थालेका छौ यो पनि यीनका लागि गतिलो झापट नै होला ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
