रमझमशनिबार, पौष ७, २०६९
गुमनाम सर्जक
पाल्पालीले यो गीत २०२२ सालमा कलकत्ता गएर रेकर्ड गरेका थिए। पाल्पालीले रेडियो नेपालमा १५० भन्दा बढी गीत गाए पनि मलाई मेरै देशकै सिन्दुर लाउन मन, सुन्दर मेरो देश यो नेपाल र हे आमा नेपाल… गरी तीन वटा मात्र रेकर्ड भएका छन्।
पाल्पाको तानसेनमा जन्मी काठमाडौंमा चर्चा कमाएर बुटवलमा बुढ्यौली बिताइरहेका पाल्पालीसँग अहिले पनि सयौं गीत छन्, जुन उनी नयाँ पुस्ताका गायक–गायिकालाई दिन चाहन्छन्। २५ वर्षदेखि वैधव्यको जीवन बिताइरहेका उनको दिन नै गीत लेखेर बितिरहेको छ भन्दा हुन्छ। छोराबुहारी र तीन नातिका साथ रहेका पाल्पाली नयाँ पुस्ताले गाउने आफ्ना गीतहरूको म्युजिक भिडियो समेत बनेको हेर्न चाहन्छन्।
सानैदेखि मित्रसेन थापा मगरको गीत गाउँदै हिंडेका उनी बाबु घनश्यामको जागिरे रवाफ भन्दा सितारवादक व्यक्तित्वप्रति बढी मोहित थिए। सेनामा मेजर रहेका बाबुले पढाउन काठमाडौं ल्याएपछि नातिकाजी, तारादेवी, किरण खरेल, रामविक्रम सिजापतिसँगको संगतबाट पाल्पालीको गीत–संगीत मौलाउने मौका पायो। राजा महेन्द्र समेत उनको गायकीको प्रशंसक हुन पुगे। तर, ती दिनहरू आज फगत अतीत भएका छन्। “अहिले सम्पत्ति सकियो, बूढो भएँ”, २०३० सालतिर बुटवल झ्रेका पाल्पाली भन्छन्, “बूढो भएपछि वास्ता हराउने रहेछ।”
-देव पचभैया, पाल्पा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
