थप समाचारशनिबार, पौष ७, २०६९

अमेरिकाको प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी राख्न आग्रह

हिमालखबर

हालै अमेरिकाको एक विद्यालयमा एक व्यक्तिले चलाएको गोलीका कारण मृत्यु भएकाहरु र बजारमा बिक्रीका लागी राखीएका हतियार ।

हतियारको विरोध

कनेक्टिकटको एक प्राथमिक विद्यालयमा गत साता भएको आमहत्याका विषयमा प्रतिक्रिया दिन दबाब परेपछि यस समूहले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो । यस समूहले अमेरिकी संविधानमा रहेको हतियार राख्न पाउने अधिकारलाई विभिन्न तरिकाले व्याख्या गर्ने गरेको छ ।

हालै अमरिकाको पेनिसिलभेनियामा बन्दुककै गोलीका कारण थप चार व्यक्तिको मृत्युभएको छ । न्युटाउन प्राथमिक विद्यालयमा आमहत्यापछि बन्दुकको बिक्रीमा प्रतिबन्ध लगाउन अनेकौँ व्यक्तित्वहरूले आग्रह गरेका छन् । बन्दुकको समर्थन गर्ने यस समूहले यस विषयमा आफ्नै तर्क राखेको छ ।

‘‘बन्दुक लिएका एउटा खराब मानिसलाई रोक्ने एक मात्र उपाय बन्दुक बोक्ने राम्रो मानिस हो ।’’ एनआरएका उपाध्यक्ष वायन लापिएरले शुक्रबार बताए । कनेक्टिकटको न्युटाउनस्थित स्यान्डी हुक प्राथमिक विद्यालयमा भएको आक्रमणपछि यो यस समूहको पहिलो प्रतिक्रिया हो ।
उनले यस विषयमा एउटा लामै विज्ञप्ति प्रकाशन गरेकाछन् । उनले अमेरिकी संसदलाई प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सकेसम्म प्रयास गर्न पनि आग्रह गरेकाछन् ।
लापिएर आफ्नो संस्था विद्यालयका सुरक्षा समूह, शिक्षक तथा आमाबाबुलाई सुरक्षाको विषयमा सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले आमसञ्चार तथा राजनीतिक समूहले बन्दुकधनीको मनोबल गिराएको पनि आरोप लगाए ।

यसबीच अमेरिकामा राष्ट्रपति बाराक ओबामाले घातक हतियारमाथि प्रतिबन्ध लगाउन प्रयास थालेकाछन् । अमेरिकामा सन् १९८२ देखि हालसम्म ६२ वटा आमहत्याका घटना भएका छन् र ती घटनामध्ये अधिकाँशमा बन्दुकधारीले कानुनी रूपमा खरिद गरेको अर्धस्वचालित हतियार प्रयोग गरेको देखिएको छ ।

अमेरिकामा सन् २००९ मा ३१ करोड बन्दुकजन्य हतियार रहेको देखिएको थियो । यसले प्रत्येक अमेरिकी नागरिकले बन्दुक राखेको देखाउँछ । यसैगरी अन्य मुलुकको तुलनामा अमेरिकामा बन्दुकबाट मर्नसकिने सम्भावना २० प्रतिशत अधिक रहेको देखिन्छ । लापिएरले अमेरिकामा बन्दुकको स्वामित्व समस्या नभएको दाबी गरेकाछन् । यस भनाइप्रति अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्छ भन्ने समूहबाट तत्कालै विरोध स्वरूप प्रतिक्रिया आएको छ । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>