थप समाचारआइतबार, पौष ८, २०६९

पाकिस्तानः आत्मघाती विष्फोटमा वरिष्ठ मंत्रीको निधन

सञ्जीव शर्मा

घाइते अवस्थामा अस्पताल भर्ना गरिएका मन्त्री बशीर बलोरको उपचारका क्रममा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पुलिसका अनुसार त्यहाँको अवामी नेशनल पार्टीले आयोजना गरेको सभामा आत्मघाती आक्रमणकारीले विष्फोट गराएर आफूले पनि ज्यान गुमाएको छ ।

विष्फोटबाट पख्तुनख्वा प्रान्तका बरिष्ठ मन्त्री बशीर बलोरसँगै उनका निजी सचिव र स्थानीय प्रहरी चौकीका इञ्चार्ज अब्दुस सत्तार खानलगायत ८ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते छन् ।

आक्रमणको जिम्मा पाकिस्तानस्थित तालिबानका प्रवक्ताले लिएका छन् । बीबीसीलाई फोन गरी तालिबानले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । प्रवक्ताले उत्तरी वजरिस्तानमा भएको मौलाना नसीब खानको मृत्युको बदला लिएको दाबी गरेका छन् । केही समयअघि अपहरणमा परेका मौलाना नसीब खानको शब फेल परेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...