Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माडीमा हात्तीले फेरि पाँच घर भत्कायो - Himalkhabar.com

थप समाचारआइतबार, पौष ८, २०६९

माडीमा हात्तीले फेरि पाँच घर भत्कायो

हिमालखबर

७ पुस रातिमात्रै माडी कल्याणपुर– ६ हरिनगरमा हात्तीले पाँच घर भत्काएको माडी प्रहरीले जानकारी दिएको छ । हात्तीले स्थानीय बलराम राउत, चन्द्र राउत, सोना राउत, धर्मेन्द्र महतो र रूप्लाल चौधरीको घर भत्काएको स्थानीयवासी सन्तोष पनेरुले जानकारी दिए । उनका अनुसार सुतिरहेका बेला निकुञ्जबाट आएको हात्तीले एक्कासि घर भत्काउन थालेपछि स्थानीयवासीले भागेर ज्यान जोगाएका थिए । हात्ती आक्रमणबाट कति क्षति भयो भत्रेबारेमा अहिले तथ्याङ्क लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

माडीको द्रौपदीनगरमा एक दम्पतीको ज्यान लिएको हप्ता दिन बित्न नपाउँदै पुनः हात्ती आक्रमण दोहोरिएपछि यहाँको जनजीवन त्रसित भएको छ । चितवनमा विगतदेखि आतङ्क मच्चाउँदै आएको हिंस्रक जङ्गली हात्ती ध्रुवेले नै घरमा आक्रमण गरेको पीडितहरूले बताएका छन् ।

यता चितवन निकुञ्जले शुक्रबार रातिदेखि उक्त हात्ती सम्पर्कविहीन भएको र खोजी जारी रहेको बताएको छ । अहिलेपनि टोली हात्तीको खोजीमै लागेको निकुञ्जका प्रमुख झमकबहादुर कार्कीले जानकारी दिए । दुई दिनदेखि सो हात्ती चितवनको सुकेभार छाडेर माडी क्षेत्रतर्फ लागेको निकुञ्जले बताएकै बेला आक्रमण हुनुले सोही हात्ती गएको हुनसक्ने निकुञ्जले पनि आशङ्का गरेको छ ।

हात्ती नियन्त्रणमा नआउँदा यहाँका स्थानीयवासी त्रासमा रात बिताउन बाध्य भएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>