समाचारआइतबार, पौष ८, २०६९
एमाले केन्द्रीय कमिटीको बैठक शुरु
बैठकमा अध्यक्ष खनालले राजनीतिक संकट, समाधान र एमालेको भूमिकालाई आधार बनाएर पेस गरेको प्रतिवेदनमा सदस्यहरुले भनाई राख्ने छन् । प्रतिवेदनमा सहमतिको सम्भावना कम्जोर रहेकोले आन्दोलनबाटै वर्तमान सरकारको बहिर्गमन हुनेमा जोड दिइएको छ ।
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न आव्हान गरेपछि यसअघि पूर्व घोषित सरकार विरोधि आन्दोलन रोक्नु गल्ती भएको अधिकांश केन्द्रीय सदस्यहरुले बताइरहेको बेला आजको बैठकले पुनः आन्दोलन शुरु गर्ने सम्बन्धमा निर्णय गर्ने सम्भावना छ ।
बैठकमा यसअघि रिक्त रहेको केन्द्रीय सदस्यहरुमा पदपूर्ति, मनोनयन र थप कार्यविभाजनका विषयमा पनि छलफल हुने पोलिटब्युरो सदस्य रघुजी पन्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>