थप समाचारआइतबार, पौष ८, २०६९
दुई हजारको विवादमा ज्यान गयो
रुकुमको साँख–४ क्वाम्मा खोलाका खड्गबहादुर खड्काले स्थानीय मनबहादुर गिरीबाट सापटी लिएको दुई हजार रुपैयाँका विषयमा दुबैबीच ७ पुस राति झगडा हुँदा खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार स्थानीय इन्द्रबहादुरको पुनको घरमा दुबै जनाले सँगै मदिरा सेवन गरेका थिए । सोही क्रममा दुई हजार रुपैयाँ बारेको विवाद बढदै जाँदा अभियुक्त गिरी र पुनले ३४ वर्षीय खड्कालाई फलामे रड र काठको चिर्पटले हिर्काएका थिए ।
हत्या अभियोगमा प्रहरीले पुनलाई नियन्त्रणमा लिए पनि गिरी भने फरार रहेको डिएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यसैबीच ७ पुस साँझ खुकुरी प्रहारबाट सदरमुकाम खलंगामा एक युवक गम्भीर घाइते भएका छन । स्यालाखदी गाबिस– ९ का लक्ष्मण बुढाथोकीमाथि पातुखोला बजारबाट फर्कने क्रममा एक समूहले उनीमाथि खुकुरी प्रहार गरेको हो ।
टाउकोमा चोट लागेका बुढाथोकीको रुकुममा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरी जनाएको छ । लक्ष्मण केसी,रुकुम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
