थप समाचारआइतबार, पौष ८, २०६९

सामूहिक बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन जारी

हिमालखबर

बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन जारी । अनलाइृन तस्बीर

गत डिसेम्बर १६ का दिनमा भएको उक्त सामूहिक बलात्कारमा संलग्न प्रहरीको हिरासतमा रहेका ती छ संदिग्ध बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले गृहमन्त्री सुशीलकुमार सिन्धे र सत्ताधारी कङ्ग्रेस पार्टीका प्रमुख सोनिया गान्धीलाई समेत भेटेर ती अपराधीहरुलाई मृत्युदण्डको माग गरेका समाचारमा जनाइएको छ । उक्त बस चालकका साथै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारले जनताको क्रोध साम्य पार्न निकै प्रयास गरेको छ तर पनि दिल्ली, अहमदावाद, पटनालगायतका विभिन्न नगरमा प्रदर्शन भएका छन् ।

भारतमा गत वर्ष भएका दुई लाख ५६ हजार ३२९ हिंसामध्ये दुई लाख २८ हजार ६५० महिलामाथि भएको देखिएको थियो । यस मुलुकमा बलात्कारका घटना सन् १९९० को तुलनामा सन् २००८ मा दोब्बर भएको छ । एपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>