थप समाचारसोमबार, पौष ९, २०६९

ट्रक लिएरै भागे तीन युवा

हिमालखबर

हेटौंडाबाट ना ४ ख ८३२६ नम्बरको ट्रकमा चढेका तीन जना युवाले चितवनको टिकौलीमा आएपछि चालक र सहचालकलाई रुखमा बाँधेर ट्रक लिएर भागेका हुन् । ८ पुस राति सवा ९ बजे टिकौली चोरी भएको उक्त ट्रक नौरङगेमा बिहान फेला पारे पनि ट्रक लिएर हिंडने अपरिचित समूह भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उक्त समूहले ट्रक चालकबाट १० हजार नगद र १ सेट मोबाईल चोरेको प्रहरीले जनाएको छ । रुखमा बाँधिएका चालकको बायाँ हात र घाँटीमा चोट लागेको छ र उनको भरतपुरमा उपचार भैरहेको छ भने सहचालक लाई केही नभएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र घटनामा सम्लग्नको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...