थप समाचारसोमबार, पौष ९, २०६९

माओवादी रेडियो दुई महिनादेखि प्रहरी घेरामा

हिमालखबर

पार्टी फुटेपछि दुबै एनेकपा माओवादी र नेकपा–माओवादी दुबैले रेडियोमा आ–आफ्नै दाबी गरेपछि २ महिना अघि बन्द भएको रेडियो अहिलेसम्म संचालन हुन सकिरहेको छैन । एफएम रेडियोमाथि कब्जा जमाउन कर्मचारी र कार्यकर्ताहरुबीच झडपको स्थिति उत्पन्न भएपछि कार्यालयमा ताला लगाएर प्रहरी सहायक निरिक्षक कमाण्डको टोलीले रेडियो र पार्टी कार्यालय समेत रहेको कैलाश नगरस्थित भवनलाई पहरा दिइरहेको छ ।

दुबै पक्ष मिलेर आए वा प्रशासनको रोहबरमा बार्ता गरेर सहमतिमा पुगेपछि मात्रै ताला खोलिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख स्थानेश्वर रेग्मीले बताए । दुबै दलका स्थानीय ईन्चार्ज हरुले जिल्लामा सहमति सम्भव नभएकाले केन्द्रले नै निर्णय गरेर सहमति गर्नुपर्ने बताएका छन् । देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>