थप समाचारसोमबार, पौष ९, २०६९

चरा भटाभट् मर्न थाले

सञ्जीव शर्मा

स्थानीय गुलाब यादवले एकरहिया–३ ढेकहामा ९ पुस बिहानैदेखि अज्ञात रोगका कारण काग, बकुल्ला र भँगेरा लगायतका ५० भन्दा बढी चरा मरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जानकारी गराएका छन् ।

घटनाको जानकारी पाएलगत्तै त्यसतर्फ प्रहरी टोली पठाइ अनुसन्धान थालिसकेको प्रहरी उपरीक्षक पवन खरेलले बताए । स्थानीय रामआशिष मण्डलले पनि ढेकहाका टोलबस्ती, खेतबारी र बनमा चराहरु मरिरहेको जनाएका छन् ।

चरा अचानकै मर्न थालेपछि स्थानीय बासिन्दामा चिन्ता र त्रास फैलिएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>