समाचारशनिबार, जेठ ६, २०६९
मेहताको अभिव्यक्तिबारे स्पष्ट पार्न आग्रह
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले जेठ ५ गते राजदूत जयन्त प्रसादलाई लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राखेका हुन त्यसबारे स्पष्ट पार्न अनुरोध गरेको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिएका छन् ।
मेहताले स्थानीय राजनीतिक दलका नेतालाई बोलाएर समग्र मधेस एक प्रदेश बनाउनुपर्ने र त्यसको लागि आन्दोलन गर्न भन्दै उक्साएको समाचार सार्वजनिक भएपछि अध्यक्ष दाहालले राजदूत जयन्त प्रसादसँग यसबारे आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । सो अवसरमा राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने बताएका थिए । – रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
