थप समाचारमंगलबार, पौष १०, २०६९
सरकार भ्रष्टहरुको अखडाः नेता यादव
यादवले १० पुसमा सुनसरीको इटहरीमा रिपोर्टर्स क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा जनविश्वास गुमाइसकेको वर्तमान सरकार नै देशमा उत्पन्न राजनीतिक सङ्कटका लागि मुख्य जिम्मेवार भएको टिप्पणी गरे । “यो सरकारको बहिर्गमन नै निकासका लागि अन्तिम विकल्प हो,” उनले भने ।
भ्रष्टाचार र कमिसनलाई संस्थागत रुप दिन वर्तमान सरकार सक्रिय रहेको आरोप लगाउँदै उनले बेथिति, कुशासन र महङ्गीका कारण जनताले अहिलेसम्मकै नालायक सरकारको अनुभूति गरिरहेको बताए । यादवले थपे,“सरकार भ्रष्टहरुको अखाडा भएको छ ।”
जनताले दिएको संविधान निर्माणको अवधिलाई केही राजनीतिक दलका शीर्ष नेताहरुले खेलाँचीका रुपमा प्रयोग गरेको र संविधान निर्माणामा भन्दा सत्ताकेन्द्रित रहेकाले नै संविधान जारी हुन नसकेको ठोकुवा गर्दै नेता यादवले वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने बताए ।
यादवले वर्तमान सरकारको बहिर्गमन नभए आन्दोलनबाट नै विस्थापित गर्नुपर्छ भनेका थिए ।