रमझममंगलबार, पौष १०, २०६९

एक्ला गायकको मृत्यु चाँडै

हिमालखबर

ह्विट्नी हस्टन (९ अगस्त, १९६३ - ११ फेब्रुअरी,२०१२)

बीएमजे (ब्रिटिश मेडिकल जर्नल) मा हालै प्रकाशित रिपोर्ट अनुसार एक्ला सफल गायकहरुमा एक्लो हुनुको तनाव रहन्छ भने ब्याण्ड गायकहरु समूहमा रहँदा त्यस्तो तनाव झेल्नु पर्दैन । युरोप र उत्तर अमेरिकाका १४ सय रक र पप स्टारको करिअरको अध्ययनपछि बीएमजेले यो तथ्य प्रकाशित गरेको हो । यी सबै कलाकारहरु सन् १९५६ देखि २००६ सम्म विश्वमै चर्चित मध्येका हुन् ।

यस अध्ययनमा प्रत्येक दशमध्ये एक कलाकार जसको चाँडै मृत्यु भएको देखाइएको छ, ती सबै सफल र चर्चित थिए । अध्ययनले उत्तर अमेरिकामा प्रत्येक पाँचमध्ये एकजना एक्लो कलाकारको छिट्टै मृत्यु हुने गरेको देखाएको छ । गत फेब्रुअरी महिनामा पूरा भएको अध्ययनमा १३७ जना सफल कलाकार कम उमेरमै मरेको पाइयो । यो सूचीमा माइकल ज्याक्सन, एल्भिस, जिमी ह्याण्ड्रिक्स, र्‍यापर टु प्याक, एमी वाइनहाउस र ह्विट्नी हस्टनको नाम पनि सामेल छ । अध्ययनमा कम उमेरमा मर्ने कलाकारहरुको औषत आयु ३९ वर्ष मात्रै छ ।

एक्लोपन

एमी वाइनहाउस, जसको २७ वर्षको उमेरमा २३ जुलाई, २०११ मा निधन भयो

‘सेलेब्रेटी बिहेवियर’ अध्ययनकर्ता मनोवैज्ञानिक हनी ल्याङकास्टर जेम्स भन्छिन्, “एकल कलाकार एक्लोपनको शिकार हुन्छन्, उनीहरुको आसपासमा पेशेवर व्यक्तिमात्रै हुन्छन् चाहे  त्यो उनीहरुको म्यानेजर होस वा पीआर गुरु ।” यी कलाकारहरु लामा लामा भ्रमणमा पनि जान्छन् र यस्तो बेलामा उनीहरुका परिवार, साथीहरुको साथ रहँदैन यो सबैले गर्दा उनीहरु हजारौंको भीडमा पनि एक्लो र उपेक्षित जस्तो बन्न पुग्छन् ।

कुनै कलाकारले कुन उमेरमा कति ख्याति प्राप्त गर्‍यो भन्ने उसको निजी जीवनभन्दा पनि बढी उसको बाल्यावस्था, सामाजिक पृष्ठभूमि र परिस्थितिमा निर्भर रहन्छ । अध्ययनमा गोरा गायकहरु भन्दा काला गायकहरुको मृत्यु छिटो हुने गरेको बताइएको छ । जुन कलाकारको मृत्यु नशा वा यस्तै अन्य कारणले भएको छ, उनीहरुको बाल्यावस्था कुनै कुनै समस्याले ग्रस्त भएको पाइएको छ ।

अध्ययन भन्छ, “उपेक्षित बालबालिकाहरुमा गायकीप्रति अधिक लगाव हुने गरेको छ ।” बाल्यावस्थामा उपेक्षित भएका बच्चाहरुमा संगीतप्रतिको रुझान स्पष्ट देखिएको छ, तर उनीहरुको जीवनमा जब ‘स्टारडम’ र पैसा आउन थाल्छ तब उनीहरु अव्यावहारिक हुन थाल्छन् । अचेलका बालबालिकाहरुमा पप र रकस्टार बन्ने चाह बढी भएको पनि अध्ययनले बताएको छ । बालबालिकाहरु यस्ता कलाकारलाई आफ्नो रोल मोडेल मान्छन् तर उनीहरुका समस्याका बारेमा थाहा पाउनु पनि जरुरी छ ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>