Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लुट्का नाइके बैंककै क्यासियर - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १०, २०६९

लुट्का नाइके बैंककै क्यासियर

हिमालखबर

बैंकको रकम हिनामिना गरेका बस्नेतले हिसाब मिलान गर्न नसकेपछि काठमाडौंबाट लुटेरा बोलाएर बैंक लुटेको प्रहरीलाई बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका बस्नेतले लुटेराहरुलाई २५ लाख रुपैयाँ दिएको बताएका छन् । ६ पुसमा बैंकबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ रहस्यमय तरिकाले लुटिएको थियो ।

प्रहरीले बस्नेतका भाई नाता पर्ने गाडि चालक अमर बोहराको डेराबाट बोरा, गाग्री र सिरानीमा लुकाएको अवस्थामा ८६ लाख ८९ हजार रुपैयाँ ९ पुसमा बरामद गरेको थियो । घटना अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक लोकेन्द्र मल्लका अनुसार बैंकबाट २ करोड ६ लाख बढी लुटिएको भनिए पनि केही रकम पहिले नै निकालेर हिसाब मिलाउन नसकेपछि बस्नेतले बैंक लुटको नाटक रचाएका थिए ।

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत दाङ्मा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>