Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
७१ जना सवार विमान दुर्घटना, ७० सकुशल - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १०, २०६९

७१ जना सवार विमान दुर्घटना, ७० सकुशल

हिमालखबर

दुर्घटनाग्रस्त विमान

दुर्घटनाग्रस्त सो विमानमा अन्य ११ जना घाइते भएको निजी एयरलाइन्स बगान एयरलाइन्सले जनाएको छ ।घाइते भएकामा चार जना विदेशी छन् भने विमानचालकलाई टाउकोमा चोट लागेको र उनको उपचार जारी रहेको जनाइएको छ ।

चालकदलका ६ सदस्यसहित ७१ जना  रहेको सो विमान स्थानीय समयअनुसार ७ः३० आपतकालीन अवतरण गरिएको थियो । सो अवतरणका क्रममा नै यो दुर्घटना भएको हो । दुर्घटनामा विमान क्षत विक्षत भएपनि ठुलो संख्यामा यात्रु जवितै रहनुलाई आश्चर्य मानिएको छ ।

सुरुमा सो विमानमा नै रहेको एक व्यक्ति बेपत्ता भएको बताइएको थियो । पछि उक्त व्यक्ति विमानस्थलमा मृत अवस्थामा भेटिएको थियो । मृतक व्यक्ति ११ बर्षीय बालक भएको बताइएको छ । यस दुर्घटनामा विमान अवतरणको क्रममा सडकमा मोटरसाइकलमा रहेका एक व्यक्ति विमानसँग ठोक्किएर मुत्यु भएको पनि समाचारमा उल्लेख छ ।

उक्त विमानमा हेहो विमानस्थलमा पुग्नु भन्दा करिब तीन किलोमिटर अगाडि आगो लागेको विमानस्थल कर्मचारीहरुले जनाएका छन् । आपतकालीन अवतरणका कारण बाँकी व्यक्तिको भने ज्यान बचेको समाचारमा जनाइएको छ । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>