थप समाचारबुधबार, पौष ११, २०६९

मोदी चौथो पटक गुजरातको मुख्यमन्त्री

हिमालखबर

सन् २००१ मा पहिलो पटक गुजरातका मुख्यमन्त्री बनेका भारतीय जनता पार्टीका नेता मोदी यसअघि २००२ र २००७ को विधान सभामा पनि बहुमत प्राप्त गरी मुख्यमन्त्री बनेका थिए ।

गुजरातमा भाजपा ११५ स्थानमा विजयी भएको छ भने कांग्रेसले ६१, राष्ट्रवादी जनता पार्टीले २, जनता दल युनाइटेडले १ र अन्य दलहरुले ३ स्थानमा मात्रै जित हासिल गरेका छन् । यसअघि भाजपाले गुजरातमा ११७ स्थानमा जित हासिल गरेको थियो । विधान सभामा भारी बहुमतले जितेपछि मोदीलाई केन्द्रीय राजनीतिमा पनि प्रभाव जमाउने अवसर मिलेको छ । कतिपयले उनलाई भारतका भावी प्रधानमन्त्रीका रुपमा पनि हेर्ने गरेका छन् । मोदीले बेलाबेला दिने गरेका हिन्दूवादी अभिव्यक्तिले उनी विवादमा आउने गर्छन् ।

मोदीको सपथ ग्रहण कार्यक्रममा भाजपा नेताहरु लालकृष्ण आडवाणी, नितिन गडकरी, अरुण जेट्ली, सुषमा स्वराज, राजनाथ सिंह र बैंकेया नायडू सहभागी थिए । त्यस्तै, तमिलनाडुकी मुख्यमन्त्री एवम् एआईडीएमके प्रमुख जयललिता पनि शपथ ग्रहण कार्यक्रममा सरिक भइन् । महाराष्ट्र नव निर्माण सेना प्रमुख राज ठाकरे सँगै शिवसेना नेता उद्धव ठाकरे पनि यो शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

१० पुसमा गांधीनगरमा भएको विधायकहरुको बैठकले मोदीलाई सर्वसम्मतिले विधायक दलको नेतामा चयन गरेको थियो । विधायक दलको नेता चुनिएपछि नेता मोदीले भने, “यदि कुनै पनि विधायकलाई मोदीका कारणले चुनाव जितेको भन्ने लागेको छ भने त्यो गलत हो, किनभने उनीहरुको जीत मोदीको जादूले गर्दा होइन, भाजपा कार्यकर्ताहरुको मेहनतले हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>