थप समाचारबुधबार, पौष ११, २०६९
ध्रुवेको आतंक रोकिएन
यसअघि गोली समेत प्रहार गरेको निकुञ्ज प्रशासनले हात्तीलाई नियन्त्रणमा लिन सकेको छैन । मेघौली–५ मा रहेको सुकुम्बासी बस्ती मुसहर टोलमा प्रवेश गरी ध्रुवेले शुकराम मुसहरको घर पूर्णरुपले ध्वस्त पारेको छ । सुतिरहेका बेला हात्ती प्रवेश गरेर चामल राखेको ड्रम कुच्याउन थालेपछि शुकराम घरको बार भत्काएर बाच्न सफल भएका छन् ।
यस्तै उक्त हात्तीले १० पुस राति नै मेघौली विमानस्थल नजिकै रहेको कोसी टप्पु हात्ती सारमा बाँधेर राखिएको एक बुडी हात्तीलाई पनि सँगै लिएर गएको मेघौली उपभोक्ता समितिका अध्यक्ष माहाराम चौधरीले जानकारी दिए ।
हात्तीसारमा रहेका तीनवटा हात्तीको सहयोगमा हात्तीको खोजी कार्य ११ पुस बिहानैबाट शुरु गरिएको छ । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलका आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकाले मेघौलीमा गएराति क्षति पु¥याउने हात्ती ध्रुवे नै भएको अनुमान गरिएको हो ।
मङ्गलबार मात्रै चितवन आएर निकुञ्ज प्रमुखको कार्यभार सम्हालेका प्रमुख संरक्षण अधिकृत डा महेश्वर ढकालले ध्रुवेको खोजीकार्य जारी रहेको बताएका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
