थप समाचारबुधबार, पौष ११, २०६९
बालगृहका पाँच हजार बालबालिका एचआइभी सङ्क्रमित
केन्द्रीय बालकल्याण समितिको तथ्याङ्कअनुसार नेपालका ३७ जिल्लामा सञ्चालित ७७७ बालगृह मा रहेका बालबालिकामा एचआइभीको संक्रमण फेला परेको हो । केन्द्रका अधिकृत रामबहादुर चन्दका अनुसार एचआइभी/एड्स भएका आमाबाबुका सन्तान उनीहरूको मृत्युपछि बालगृहमा पुगेका हुन् ।
एचआइभी सङ्क्रमित भएपछि आफन्त स्वयम्ले पनि उनीहरूलाई बालगृहमा छाड्ने गरेको चन्दले बताए । “हाल उनीहरूको उपचार भइरहेको छ”, उनले भने, “ती बालिबालिकाको अध्ययन पनि अगाडि बढाउने कार्य भइरहेको छ ।”
विशेष गरी सुदूरपश्चिमका डोटी, कैलाली, बाँके, बर्दिया, दाङ्लगायत जिल्लामा सञ्चालित बालगृहमा एचआइभी सङ्क्रमित बालबालिका छन् । हाल बालगृहमा करिब १७ हजार बालबालिका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>