थप समाचारबिहीबार, पौष १२, २०६९
राष्ट्रपतिसँग भारतीय नेताहरुको चासो (प्रेस विज्ञप्ति सहित)
राष्ट्रपति रामवरण यादवले ११ पुस बिहान भारतीय समकक्षी प्रणव मुखर्जीसँग भेट वार्ता गरेका छन् । भारतको राष्ट्रपति हुनु अघि विदेशमन्त्री समेत रहिसकेका मुखर्जी नेपाल मामिलामा विशेष दखल राख्ने नेताका रुपमा चिनिन्छन् । दुबै राष्ट्रपतिबीच करिब १५ मिनेट एक्लाएक्लै कुराकानी भएको भ्रमण दलका सदस्यले जानकारी दिएका छन् ।
त्यस्तै राष्ट्रपति यादवसँग भारतीय विदेशमन्त्री सलमान खुर्सीदले पनि एकल भेटवार्ता गरेका छन् । केही महिनाअघि मात्रै विदेश मन्त्रीको कार्यभार सम्हालेका सलमान खुर्सिदले चियापानका क्रममा राष्ट्रपति यादवसँग अनौपचारिक वार्ता गर्ने अवसर पाएको बीबीसीले जनाएको छ । ती कुराकानीका बारेमा केही नखुले पनि भारतीय नेताहरूले नेपालमा जारी राजनीतिक अन्यौलको निकासबारे चासो केन्द्रीत गरेका बुझिएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार भारतीय नेताहरुले राष्ट्रपतिसँग नेपालको संक्रमणकाल र यसको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयकै सेरोफेरोमा आफ्नो चासो व्यक्त गरेका थिए । भारतीय नेताहरुको जोड नेपालमा शिघ्र चुनाव हुनुपर्नेमा रहेको भ्रमण दलका सदस्य सिँचाई मन्त्री महेन्द्र यादवले बताए ।
भेटका क्रममा राष्ट्रपति यादवले आफूले थालेको सहमतिको प्रयास सार्थक हुन नसकिरहेको सन्दर्भमा प्रभावशाली छिमेकको चाहना बुझ्ने र नेपालको संक्रमणकालको ब्यवस्थापन बारे भारतले पनि केही संकेत दिन्छ कि भन्ने सोचेको चर्चा चले पनि सल्लाहकार दाहालले भने त्यस्तो सोचाई नभएको बताए । उनले भने, “राष्ट्रपतिले पनि असल छिमेकीको नाताले सदभावको मात्रै अपेक्षा गर्नुभाको छ ।” राष्ट्रपति यादवले देशमा सहमतिका लागि गरेका प्रयासमा भारतीय नेताहरुको सकारात्मक दृष्टिकोण रहेको दाहालले बताए ।
सोनिया गान्धी र प्रधानमन्त्रीले पनि भेटे
सत्तारुढ गठबन्धनकी नेतृ सोनिया गान्धीले राष्ट्रपति यादव बसेको होटेल गएर उनीसँग भेट गरेकी छन् । त्यस्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपतिका लागि ११ पुसमा रात्रीभोजको आयोजना गरे ।
आइएएनएसका अनुसार सिंहको सरकारी निवासमा राति अबेर भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले नेपालको विकास र स्थायित्वका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहले नेपालमा आम सहमतिबाट हुने राजनीतिक समाधानले शान्ति र समृद्धिलाई प्रोत्साहित गर्ने भन्दै त्यसको भारतले स्वागत गर्ने बताएको पनि उक्त समाचार संस्थाले भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ ।
तर राष्ट्रपति मुखर्जीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतले धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्र र स्थिर देशको रुपमा नेपालको प्रगति चाहेको उल्लेख छ । त्यसमा नेपालको संघीयताका बारेमा भने केही उल्लेख छैन ।
भारतीय राष्ट्रपतिको कार्यालयले ११ पुसमा जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तैः
PRESS RELEASES
PRESIDENT OF NEPAL CALLS ON PRESIDENT
Rashtrapati Bhavan : 26-12-2012
Dr. Ram Baran Yadav, President of Nepal called on President Pranab Mukherjee at Rashtrapati Bhavan today (December 26, 2012).
Welcoming Dr. Yadav, the President said that people of India consider him a great friend and value his long-standing support for India-Nepal relations. His visit provides an important opportunity to further strengthen the excellent bilateral relations between the two countries.
The President said India’s relations with Nepal is deep rooted and unique with no parallel. India attaches the highest priority to further strengthening its bilateral relations with Nepal in every sphere. It is in India’s interest that Nepal progresses as a stable, secular, democratic republic. It has always been India’s endeavour to support peace, stability and prosperity in Nepal, in accordance with their wishes. As a close friend and neighbour, India will continue to do its best to assist Nepal in its socio-economic development.
The President of Nepal thanked the Indian President for the welcome and hospitality extended by the Government and people of India. He said Nepal and India are closely connected with each other. He thanked the President for the development assistance extended by India in virtually every sector.