Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मुलुकमा मुठभेडको स्थितिः नेता केसी - Himalkhabar.com

थप समाचारबिहीबार, पौष १२, २०६९

मुलुकमा मुठभेडको स्थितिः नेता केसी

हिमालखबर

अबको एक हप्तासम्म पनि सहमति नभए वैशाखमा चुनाव हुन नसक्ने भन्दै कांग्रेस नेता केसीले मुलुकमा मुठभेडको स्थिति सिर्जना हुनलागेको दाबी गरेका छन् । नेपाल प्रेस युनियनले १२ पुस बिहान इलाममा आयोजना गरेको पत्रकार भेटघाटमा नेता केसीले संविधानसभाको पुनःस्थापना, वर्तमान सरकारमा नेपाली काँग्रेसको सहभागिता र संविधानको अन्तरवस्तुमा गर्ने भनिएको सहमतिमा नेपाली काँग्रेसले सहमति नगर्ने प्रस्ट पारे ।

“काँग्रेस सत्ताको निम्ति पार्टीलाई बन्धकी राखेर सरकारमा जाँदैन, बरु गठबन्धन बाहिरबाट कसको नेतृत्वमा जान सकिन्छ त्यसबारे भने छलफल गर्न सकिन्छ” उनले भने । एकीकृत नेकपा माओवादीका कारण देशमा राजनीतिक र संवैधानिक शून्यता आएको भन्दै केसीले चार वर्षसम्म संविधानसभामा नभएको सहमति चार दिनमा गर्नुपर्छ भन्ने माओवादीको भनाइ सत्ता टिकाउने खेल मात्र भएको टिप्पणी गरे ।

निष्पक्ष र भयरहित निर्वाचनको लागि नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार अहिलेको आवश्यकता रहेको उनले जिकिर गर्नुभयो । उनले थपे, “नेपाली कांग्रेस वर्तमान सरकारको नेतृत्वमा एक दिन त के एक सेकेन्डका लागि पनि जाँदैन ।” एक हप्तासम्म पनि सहमति नभए आन्दोलनबाट वर्तमान सरकारलाई पाखा लगाउने केसीले चेतावनी दिए ।

अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि हदैसम्मको लचकता जस्तो देखाउने र बाबुराम भट्टराईले विभिन्न बहाना झिक्ने, यी सबै सत्ता टिकाउने खेल मात्र भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>